कालीकोटमा स्थानीय खाद्य बालीको माग उच्च हुँदा पनि उत्पादन भने घट्दै गएको छ । यहाँ आउने पर्यटकमा स्थानीय रातो मार्सीको चामल, चिनो, कागुनो, कोदोलगायत खाद्यान्नको माग उच्च रहे पनि उत्पादनमा भने जोड दिन नसक्दा घट्दै गएको हो । सिँचाइको असुविधा र कृषकको अभावका कारणले स्थानीय बालीको उत्पादन घट्दो अवस्थामा रहेको छ ।

यहाँ आउने पर्यटकको पहिलो रोजाइ स्थानीय बालीबाट उत्पादन भएका खानाका परिकार नै रहे पनि पछिल्लो समय उत्पादन घटदै गएकाले पर्यटकलाई स्थानीय खानाको माग पु¥याउन कठिन भएको मान्मस्थित होटेल हिलसाइटका सञ्चालक धर्मराज शाहीले बताउनुभयो । “कर्णालीमा घुम्न आउने अधिंकाश मानिसको रोजाइमा यहाँको स्थानीय उत्पादन नै पर्छ ।” उहाँले भन्नुभयो, “उत्पादनमा आएको ह्रासका कारण मागअनुसार धान्न सकिएको छैन ।”

रातो मार्सी धान, चिनो, कागुनो, कोदोलगायत स्थानीयस्तरमा उत्पादन हुने बाली कमैले उत्पादन गर्न थालेका छन् । स्थानीय बाली खस्रो, नमिठो हुने तर बाहिरबाट आउने खाद्यवस्तु स्वादिलो र मसिनो हुने भएकाले पनि स्थानीय बाली उत्पादन गर्न छाडेको खाँडाचक्र नगरपालिका–८ का कालीबहादुर मल्लले बताउनुभयो । “यहाँका खाद्यान्न स्थानीयले नै रुचाउन छाडेँ ।” उहाँले भन्नुभयो, “बाहिरबाट आउने खाद्यान्न स्वादिलो र मिठो हुने भएकाले बाली लगाउन नै छाडेका हुन् ।”

सडक सञ्जाल नभएका बेला र बाहिरबाट खाद्यान्न आयात नहुँदा स्थानीयवासीले राम्रैसँग उत्पादन गर्ने गरेकामा अहिले बाहिरबाट आयात हुन थालेपछि उत्पादनमा ह्रास आएको वडा नं. ११ बरातुका अजबहादुर गिरीले बताउनुभयो । “यहाँ बाहिरबाट खाद्यान्न आयात नहुँदा स्थानीय बालीको उत्पादन राम्रै हुन्थ्यो ।” उहाँले भन्नुभयोे, “अहिले सडक सञ्जालले छोएपछि स्थानीयवासीले बाहिरी खाद्य बाली नै मन पराउन थालेकाले उत्पादन पनि हुन छाड्यो ।”

स्थानीयस्तरमा रातो चामलको मूल्य रु. एक सय ५० छ भने चिनोको मूल्य पनि रु. एक सय ५० नै रहेको तिलागुफा नगरपालिका–१ फोइमहादेवका मायालाल महताराले बताउनुभयो । “यहाँ उत्पादन हुने रातो चामलको मूल्य रु. एक सय ५० पर्छ । चिनोको मूल्य पनि त्यती नै पर्छ ।” उहाँले भन्नुभयो, “तर, यी खाद्य बाली पाउनै मुस्किल छ ।”रासस

शुक्रबार, ६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा