डडेल्धुराका कृषकहरुले किवी फल बिक्री गरेर वार्षिक लाखौं रकम आम्दानी गर्न सफल भएका छन ।

मुटु रोग, उच्च रक्तचाप घटाउने, पाञ्चन प्रणाली सहज, शारीरिक तौल घटने, छाला रोग हट्ने, आँखाको दृष्टि बढाउने, क्यान्सर रोग न्यूनिकरण र चिसोपनामा कमी लगायत गर्भवती महिलालाई समेत स्वास्थ्यमा भएका प्रतिकूल समस्याहरुलाई राहत र समाधान गर्ने महत्वपूर्ण फलको रुपमा मानिएको भाले र पोथी जातका किवी फल जिल्लाका गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यवसायिक किवी खेती हुन थालेको छ ।

अमरगढी नपागरपालिका- १ काे दहका अगुवा कृषक गणेशबहादुर ऐरले ३० लाख बराबरको लगानीमा १० रोपनीमा किवी खेती गरी वार्षिक ४० क्वीन्टल किवी फलको उत्पादन लिएर दशौं लाख रूपैयाँकाे आम्दानी गर्नुभएकाे छ । अन्य ठाउँका कृषकहरुले पनि व्यवसायिक खेतीबाट मनग्गे आम्दानी गरेका छन् । पहाडी भूगोलको किवी बढी गुणस्तरीय भएकोले डडेल्धुराको किवी तराई र काठमाडाैंसम्म निर्यात गर्न सफल भएपनि भण्डारणको अभावमा जिल्लाका करिब ६० जना किवी कृषकहरु मर्कामा परेको कृषक ऐरले बताउनुभयाे ।

जिल्लामा एउटा मात्र शित भण्डार छ त्यो पनि कहिले आलुले ठाउँ नपुग्ने भएकाले किवी फल भण्डारणमा समस्या भएको शित भण्डार कार्यालयले जनाएकाे छ । डडेल्धुराबाट उत्पादन हुने किवी फलको बजार खुद्रा मूल्य सुरुमा ५ सय रहेपनि उत्पादन वृद्धि हुँदै गएपछि अहिले २ सय ५०देखि ३ सय रूपैयाँसम्म भएको कृषक बेद प्रकाश भट्टले बताउनुभयाे ।

चिसो मौसममा उत्पादन हुने किवी फल बेमौसममा पनि उपभोक्तालाई बजारमा उपलब्ध हुने गरी व्यवसायिक खेती प्रवर्द्धन, उत्पादन र व्यवस्थापन गर्न जिल्लाका सरोकारवाला निकायको ध्यान जान जरूरी छ ।

शुक्रबार, ६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे