Trending
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको न्यानोपन भन्ने अभियान संचालन गरी कम्बल तथा न्याने कपडा विरण गरेको छ।
सूर्यज्योतिले आफ्नो मुलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्वमध्ये एक न्यानोपनलाई आत्मसात गर्दै देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरुआत गरेको हो।
उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नका लागि विभिन्न सावधानीका उपाय अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।
सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोईस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा संचालन गरिएको थियो। साथै गुल्मिमा, बौद्धिक/बहिरा- अपाङ्गता भएका विधार्थीलाई न्यानो कपडा वितरण र माझिगाँउ बलिथुमका विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरिएको छ।