दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

आज यहाँ आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका संस्थाले संयुक्तरूपमा आयोजना गरेको उक्त सम्मेलनमा महासङ्घ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)मा यस क्षेत्रका मुलुकबीच व्यापार विस्तारको अवसर भए पनि कृषिजन्य उत्पादनको निर्यातमा गैरभन्सार अवरोधलगायतका समस्या रहने गरेको छ ।

अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरूको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताउनुभयो । श्रीलङ्काका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलीन फर्नान्डोले यस क्षेत्रका ४० प्रतिशत सीमान्तकृत किसान रहेकाले उनीहरूको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले कृषि क्षेत्रको निर्यात लागत निकै महँगो भएको र यहाँका धेरै देशहरूले खुद कृषिजन्य वस्तु आयात गरेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताउनुभयो । दक्षिण एसियाले संयुक्तरूपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास मन्त्री फर्नान्डोले व्यक्त गर्नुभयो ।

दुबई मल्टी कमोडिटिज सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुबईको बजारबाट फाइदा लिन सक्ने बताउनुभयो । कृषि बजार विस्तारका लागि ब्लकचेनलगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने पनि उहाँले बताउनुभयो ।

सम्मेलनमा उद्योग सचिव डा तोयानारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवद्र्धनमा सहयोग पुग्ने बताउनभयो । उहाँले सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो । लगानी बढ्दा निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

उहाँले साफ्टाअन्तर्गत सबै मुलुकले फाइदा लिन संवेदनशील सूचीमा रहेका वस्तुहरू घटाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुनसक्ने बताउनुभयो । सम्मेलनमा १२ देशका करिब चार सय सहभागी छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

शुक्रबार, ६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा