कैलालीको कैलारी गाउँपालिका –७ स्थित विपतपुरका अग्निपीडित मुक्त कमैयाहरु टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका छन् । घर अझै नबनेकाले उनीहरु टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका हुन ।

गत वैशाखमा आगलागी हुँदा सो बस्तीको २७ घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । त्यसपछि अग्निपीडित धेरै परिवार सङ्घ संस्थाले दिएको टेन्टमा बस्दै आएका छन् । यो जाडोमा टेन्टमुनि कष्टकर रात बिताइरहेको उहाँहरुको गुनासो छ ।

‘टेन्टले शीत रोक्न सक्दैन’, सीता चौधरीले भन्नुभयो, ‘रातभरि चुहिन्छ । बिस्तरा सबै भिज्छ ।’ टेन्टमुनि चिसो रात बिताउँदा बालबालिकासहित ठूला मान्छे पनि बेला–बेला बिरामी परिरहेको मुक्त कमैयाले जनाएका छन् । ‘रुखाखोकी लागेर धेरै बालबच्चा बिरामी पर्नेगरेका छन्’ सीताले भन्नुभयो ।

अग्निपीडित मुक्त कमैयाको विगत नौ वर्षदेखि टेन्टको बास छ । भएको घर जलेर नष्ट भएको र अर्को बनाउन नसकिएपछि सङ्घ संस्थाले दिएको टेन्टमा बस्दैआएको पीडित जोहारीलाल चौधरीको भनाइ छ । ‘दुःखकष्ट भोगेर जेनतेन जाडोयाम कटाइरहेका छौं’, उहाँले भन्नुभयो ।

अग्निपीडितले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघ (माघी) पनि टेन्टमै मनाएका छन् । माघ थारु समुदायको नयाँ वर्ष मात्रै नभइ मुक्त कमैयाका लागि स्वतन्त्रताको पर्व पनि हो । तत्कालीन समयमा कमैयाहरुले माघ पर्वमा मात्रै मालिक वा जमिन्दारको घरबाट बिदा पाउने गर्दथे । वर्षमा उनीहरु माघी पर्वमा मात्रै बिदा पाउने गरेका कारणले मुक्त कमैयाले यसलाई स्वतन्त्रताको पर्वको रुपमा मनाउँदै आएका छन् ।

विपतपुरका मुक्त कमैयालाई यस वर्षको माघको रौनकले खासै छोएन । नाचगान नगरेर साधारण तरिकाले माघ मनाएको सीताको भनाइ छ । ‘अरु बेला नाच हुन्थ्यो, तर यस पटक दुःख परेकाले त्यस्तो केही भएन’ उहाँले भन्नुभयो ।

अग्निपीडित मुक्त कमैयाको घर एकीकृत मुख्यमन्त्री बस्ती विकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले बनाउँदैछ । २७ वटा घर निर्माणका लागि शिलान्यास गरिए पनि निर्माणको कार्य भने हालसम्म अगाडि बढाइएको छैन । चार महिनाको अवधिमा घर निर्माण हुने सम्झौता गरिए पनि निर्माणको कार्य सुरु नभएको बस्तीका भलमन्सा हिङ्गुराम चौधरीले बताउनुभयो ।

कुल एक करोड ८२ लाख १२ हजारमा २७ वटा पक्की घर बन्ने जनाइएको छ । जसमा ९० लाख रुपियाँ प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ५४ लाख रुपियाँ सुरक्षित आवास परियोजनाको रहनेछ । ३८ लाख १२ हजार रुपियाँ बराबरको जनश्रमदान लाभग्राही समुदायले गर्ने जनाइएको छ ।

बिहिबार, ५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे