सुर्खेत बुलबुल ताल, होईजाँउला परेवा जोडी नछुट् माया झाल भन्ने बोलको गीत सुर्खेतमा रहेको चर्चित पर्यटकीय गन्तव्य बुलबुले तालकै कारण केही वर्ष अगाडि चर्चामा थियो।

बुलुबले ताल सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य नै हो। जिल्लाकै पहिचान र इतिहाससँग जोडिएको यो ताल यतिबेला अस्तित्वकै संकटमा परेको छ। क्षेत्र विस्तार गर्ने योजनाअनुरूप फराकिलो बनाउँदा बुलबुले ‘पानीविनाको ताल’ भएको छ।

तालको भूभाग अहिले घाँसे मैदानमा परिणत भएको छ। विकास र विस्तार गर्दा प्राकृतिक अवस्था तथा भूवनावटको ख्याल नगरिँदा बुलबुले उद्यानको मुख्य आकर्षण बुलबुले ताल नै नरहने अवस्थामा पुगेको छ।

गत आर्थिक वर्षमा बुलबुले तालमा मेसिन डोजरको प्रयोग गरेर तालको क्षेत्रफल विस्तार गरिएको थियो। तालको विस्तारसँगै तालमा रहेको पानी जमिन मुनिबाट छिरेर बाहिर बग्यो। मेशिनले विस्तार गरिएको क्षेत्रमा पानी नरोकिने समस्या आयो।

अहिले यो ताल दिनानुदिन कुरूप बन्दै गएको छ। १०/१५ वर्ष अगाडि बुलबुले ताल हेर्न आएको मानिस फेरि अहिले हेर्न गयो भने ताल कहाँ गयो भनेर खोज्ने अवस्थामा पुगेको छ।

स्थानीय बसन्ती खनालले भनिन्, वीरेन्द्रनगर नगरपालिकाले ताल बनाउने नाममा तालकै विनास गरेको छ। झण्डै १५ वर्ष पहिले हामी सुर्खेत आउदा देखेको बुलबुले ताल कति सुन्दर थियो। अहिले कुरूप बनेको छ। यो देख्दा कति मन रुन्छ। ताल बनाउने नाममा नगरपालिकाले तालमा डोजर लगाएर घाँसे मैदान बनाइदियो। तत्काल यसको संरक्षणका लागि नसोचिए ताल नै हराउने अवस्थामा छ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले तालमा पानी जम्मा नहुने समस्या आएपछि आफूहरू पनि यसप्रति निकै चिन्तित रहेको बताउनुभयो।

उहाँले भन्नुभयो – बुलबुले संरक्षणका लागि सुर्खेतस्थित जलाधार कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले प्राविधिक खटाएर समस्याको पहिचान गर्ने काम गरेको छ। जमिनमुनी पानी छिरेकाले त्यसको अवस्था विश्लेषण गरेर मात्रै बाँकी कामहरू अघि बढाइनेछ। यसै वर्ष ताललाई हेर्न लायक ताल बनाउने आफूहरूको योजना छ।

उपत्यका नगर विकास समितिका सदस्य सचिवसमेत रहेका तिवारीले ताल क्षेत्रको सरसफाइलगायत व्यवस्थापनका कामहरू पनि भइरहेको बताए। भु- तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमूख शिखर चपाईंले बुलबुले संरक्षणको कामका लागि आफ्नो कार्यालयबाट ५० लाख बजेट रहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो – नगर विकास समितिले तालको उत्थानका लागि गुरु योजना बनाएको छ। त्यसैअनुसार हामीले काम गरिरहेका छौँ। झार र माटोले बुलबुले ताल पुरिएको छ। त्यो झार र माटो पन्छाएर सफा गरेपछि ताल राम्रो हुन्छ। तालको सफा गर्नुपर्ने काम नगरपालिकाले गछौँ भनेकाले हामीले नगरेका हौँ। एक ठाँउमा पानी बाहिरिने भागमा बन्द गरेर भित्रै भाग सफा गरेपछि हेर्न योग्य ताल बन्छ। पहिले ११ हजार वर्गमिटर थियो। २८ हजार वर्गमिटर बनेको छ ।

तालको सरसफाई र तालबाट बाहिरीने पानी बन्द गरिसकेपछि चाँडै नै हेर्न लायक ताल बन्ने उहाँको भनाइ छ।

बिहिबार, ५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा