जलजला गाउँपालिकामा नयाँ प्रविधिको बिउ आलुको खेती थालिएको छ।

राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशिल ताजा तरकारी तथा बिउ उत्पादक कृषक समूहमार्फत वडा नम्बर ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व बिउ आलु रोपिएको छ ।

आलुको गुणस्तरीय बिउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बिउ विस्थापित गर्न र बिउ आलुमा आत्मनिर्भर बनाउन पीबीएम (पूर्व बिउ आलु) कार्यक्रम सञ्चालन गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।

‘जलजलाको धेरै भूगोलमा आलु खेती भएपनि बर्षौदेखि एउटै बिउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकिराको समस्या देखियो,’ उनले भने ‘गुणस्तरीय बिउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मुल बिउ भित्र्याइएको छ।’

गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले नौ रोपनी क्षेत्रफलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० दाना रोपिएको जानकारी दिए। अहिले लगाएको बिउ पाँच पुस्तापछि खायन (खान र बिउ रोप्न) योग्य हुन्छ। हाल यहाँका किसानले करिब ५० वर्ष पुरानो बिउ प्रयोग गर्दै आएका थिए।

बिउ आलुमा आत्मनिर्भर कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बिनियोजन गरेको छ। चिहानकाटे, लाम्पाटा र रात्माटामा ८८ बोरा दोस्रो पुस्ताको बिउ आलु रोपिएको छ। दोस्रो पुस्ताको बिउ आलु किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो।

किसानलाई लगाउने ज्याला उपलब्ध गराउने र प्रतिकिलो २५ देखि ३० रुपैयाँका दरले खरिद गर्ने सम्झौता भएको छ। अहिले लगाएको पूर्व बिउ आलु उत्पादन भएपछि किसानबाट गाउँपालिकाले खरिद गरेर चिस्यानगृहमा राख्ने र पहिलो पुस्ताको बिउ उत्पादन गर्न किसानलाई उपलब्ध गराउने जनाएको छ ।

राष्ट्रिय आलु विकास कार्यक्रमका प्राविधिक रमेश खतिवडाले भाइरस र रोगमुक्त पूर्व बिउ आलु रोपिएको बताए। ‘पूर्व बिउ आलु पाँच सय दाना बराबर ७५ केजी उत्पादन हुन्छ,’ उनले भने ‘किसानले बजारबाट खरिद गरेको बिउको गुणस्तर राम्रो नहुँदा रोग भित्रिएको, उत्पादन र गुणस्तर घटेको हो।’

आलु बिउ उत्पादनमा चासो देखाउने देशका सीमित स्थानीय तह मध्येमा जलजला रहेको प्राविधिक खतिवडाले बताए। प्रगतिशिल कृषक समूहका अध्यक्ष बाबुराम रेग्मीले धेरै वर्षदेखि एउटै बिउ लगाउँदा उत्पादन र गुणस्तर घटेपछि आफैँ बिउ उत्पादन गर्न गाउँपालिकासँग साझेदारी गरिएको बताए।

उत्पादन भएको सबै बिउ गाउँपालिकाले खरिद गरिदिने सम्झौता भएकोले बिउ आलुलाई बजारको समस्या नहुने भएकाले उत्साही भएको प्रेमप्रसाद भुसालले बताए। २४ वर्षदेखि आलु खेती गर्दै आएका नारायणदत्त सापकोटाले धेरै वर्षपछि आलुको बिउ परिवर्तन गर्न लागिएको बताए।

लुम्ले कृषि अनुसन्धान केन्द्रले धेरै वर्षअघि शालिजामा बिउ आलु भित्र्याएको थियो। वल्लो पल्लो गाउँका किसानले साटेर सोही समयको बिउ र बजारबाट खरिद गरेर रोप्ने गरेका छन् ।

बुधबार, ४ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा