निर्णायक तहमा महिलाहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा महिला नेतृ तथा अधिकारकर्मीहरूले जोड दिनुभएको छ ।

संसदीय अध्ययन तथा विकास संस्थापनाले आज काठमाडौँमा आयोजना गरेको ‘सार्वजनिक पदमा महिला सहभागिता’ विषयक कार्यक्रममा संस्थापनाका उपाध्यक्ष दिपकुमार उपाध्यायले महिलाको अनुभव, ज्ञान, सीप र दक्षताको अधिकतम उपयोग गरेर सबै क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

उहाँले महिलाको अर्थपूर्ण सहभागिताले मात्र लैङ्गिक विभेद अन्त्य हुने उल्लेख गर्नुभयो । सांसद कमला पन्तले प्रत्यक्ष निर्वाचनमा एक तिहाइ महिलाले प्रतिस्पर्धा गर्न पाउनु पर्ने कानूनी व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले महिला हिंसाको विषयमा महिलाले मात्र नभई सबैले सामूहिक आवज उठाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद बिन्दा पाण्डेले विश्व महिला आन्दोलनको तुलनामा नेपाली महिला आन्दोलनले छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले महिलालाई अधिकार दिने सवालमा भएका प्रतिबद्धता कार्यान्वयनमा भने समस्या रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित महिला सांसद एवं अधिकारकर्मीहरूको सहभागिता थियो ।

 

मङ्लबार, ३ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा