यो वर्ष समयमा हिउँ र पानी नपर्दा हिमाली जिल्ला सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरु पनि कालो पहाडमा परिणत हुँदै गएका छन् ।

विगतमा यतिबेला यहाँका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे भने यसवर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी सुक्खा भएको लिखुपिके गाउँपालिका–५ का कामी छिरी शेर्पा बताउनुहुन्छ ।

जिल्लाको माथिल्लो क्षेत्र खुम्बमा गएको वर्ष पुस लाग्न नपाई हिउँ परेको थियो । यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बालीबारीमै सुक्नथालेको किसानहरु बताउँछन् ।

हिउँ नपर्दा बारी सुक्खा बन्दै गएको छ भने लगाइएको बालीहरु सुक्दै गएको मा दूधकोसी गाउँपालिका–५ की हस्तकला राईले बताउनुभयो । समयमा हिउँ नपर्दा र पानी नपर्दा यो वर्ष गत वर्ष जस्तो धेरै चिसो पनि महसुस नभएको सोलुदूधकुण्ड नगरपालिका–३ कामिङमार शेर्पा बताउनुहुन्छ ।

हिउँ पर्ने समयमा हिउँ नपर्नु र मौसमसमेत तातिँदै जाँदा यहाँका नागरिकहरु अच्चमित बनेका छन् । वनजङ्गलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासहरुको उत्सर्जन लगायतका कारण जलवायुमा परेको असरले वातावरणमा यी परिवर्तनहरु देखापरेको वातावरणविद् राजन थापाको भनाइ छ ।रासस

मङ्लबार, ३ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा