जुम्लाको तातोपानी गाउँपालिका–६ का १ सय ३४ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो बढ्दै गएपछि ६ नम्बर वडाको पहलमा ६० वर्ष माथिका एकल महिला लगायत १ सय ३४ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । वडाध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका ज्येष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।

शनिवार वडा कार्यालयमा ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार ६८ वर्ष माथिका ४३ जनालाई न्यानो ज्याकेट, ६० वर्ष माथिका ६७ जनालाई मफलर र टोपी र २४ जना एकल महिलालाई स्विटर वितरण गरिएको छ ।

फरक क्षमता भएका (अपाङ्ग) व्यक्तिहरूलाई पनि केही दिनमा न्यानो कपडा वितरण गरिने वडाध्यक्ष खड्काको भनाई छ । चालू आवको लक्षित वर्ग सम्मान कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले लक्षित वर्ग कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि,सीप हस्तान्तरण लगायत ज्येष्ठ नागरिकलाई सम्मानको कार्यक्रम राखेका छौ । छुटेका अन्य ज्येष्ठ नागरिकले वडामा सम्पर्क राख्न सकिने छ ।”

जुम्लाको बढ्दो कठ्याग्रिदो चिसोमा वडा सरकारले न्यानो कपडा दिँदा राहत मिलेको ज्येष्ठ नागरिकहरूले बताएका छन् । जुम्लाका ६० वडाध्यक्ष मध्य दोहोरिने वडाध्यक्ष तातोपानी ६ का विशाल खड्का एक मात्र हुन् ।

सोमवार, २ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा