महालक्ष्मी नगरपालिका-४ चानुवाकी पवित्रा कार्की अधिकारीको घर तलको कान्ला वारिमा टनेल घर (प्लाष्टिक घर) छ।

सो टनेल घरमा अहिले लटरम्म हुने गरी गोलभेंडा फलेका छन्। गोलभेंडा पाकेर राताम्मे छन्। टनेल घरमा फलेको गोलभेंडाले उहाँको भान्सा मात्र धानेको छैन केही आम्दानी समेत गराएको छ।

उहाँको घर नजिकै रहेको हाँटडाँडामा वुधवारे हटिया लाग्छ। फलेको तरकारी त्यही लगेर बिक्री गर्ने गरेको पवित्रा बताउँनुहुन्छ।

उहाँका अनुसार टनेल घर निर्माण गरेपछि किसानले पहिलो पटक गोलभेंडा फलायौं। ‘सधैं किनेर मात्रै उपभोग गरिरहेका थियौं’ उहाँले भन्नुभयो गाउँभरिकाले गोलभेंडा फलाएर हातमा पैसा थाप्दा खुसी मात्र लागेको छैन, छक्क परेका छौं।’

सोही वडाका तोयानाथ कोइरालाले पनि टनेलमा उत्पादन भएको करिव १ सय किलो गोंलभेडा बिक्री गरिसकेका छन्। प्रतिकिलो ५० रुपैयाँसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो।

टनेलमा फलेको गोलभेंडा उपभोक्ताको रोजाइमा पर्दा लोभलाग्दो आम्दानी भएको उहाँले बताउनुभयो। आगामी दिनमा थप टनेल घर निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ।

बाहिरको खुल्ला वातारणमा भन्दा टनेल घरमा तरकारी फलाउँदा उत्पादन दोब्बर र भाउ राम्रो पाएको उहाँले बताउनुभयो।

युएनडिपी, महालक्ष्मी नगरपालिका र पर्डेप नेपालबाट सहयोग प्राप्त भएपछि सोही वडाका सरोज पौडेलले हाइटेक भेजिटेवल फार्मिङ निर्माण गरे। १ लाख २० हजार रुपैयाँको लागत साझेदारीमा निर्माण भएको फार्मिङ भित्र गोलभेंडा खेती गरेका छन्।

गोलभेडा पाक्न थालेका छन्। तर व्यापारीहरू खरिदका लागि बारीमै आउन थालेको उहाँले बताउनुभयो। बाहिरी वातावरणमा भन्दा हाइटेक प्रविधिबाट खेती गर्दा उत्पादन र आम्दानी दोब्बरभन्दा बढी हुने उहाँको अनुभव छ।

चार वर्ष कतार बसेर बुबाको हौसलाले आफ्नै ठाँउमा केही गरौं भनेर गाँउ फर्केका थिए उनी। निःशुल्क टनेल हाउससँगै तरकारी खेतीसम्वन्धी तालिम पाएपछि आफू यसतर्फ उत्साहित वनेको बताउनुभयो।
हाइटेकभित्र किराहरूले तरकारी बालीलाई असर नगर्ने, तामक्रमलाई अनुकुल बनाउने, थोपा सिंचाइ र तापक्रम मापन गर्ने यन्त्र जडान गरिएको छ।

यस कृषि कार्यक्रमबाट किसानलाई टनेल घर निर्माण गरिदिएपछि तरकारी खेती हुन थालेको हो। सहयोगका उनीहरूले उत्साहजनक रूपमा तरकारी उत्पादन गरिरहेका छन्।

यहाँ कृषिसम्बन्धी परियोजना सञ्चालन भइरहेको छ। यूएनडिपी र महालक्ष्मी नगरपालिकाको करिव २ करोड रुपैयाँ आर्थिक साझेदारीमा सञ्चालन भएको परियोजना २०७८ चैत्र २ गतेदेखि सुरु भएको थियो।
यो परियोजना आगामी २०७९ चैत्र १ गतेसम्म सञ्चालन हुनेछ। परियोजना अन्तर्गत प्लाष्टिक टनेल हाउस, हाइटेक भेजिटेवल फारमिङ, नमूना बाख्राको खोर निर्माण, नमूना आँप खेती, नमूना केरा खेती र नमूना आलु खेती लगायत कार्यक्रम संचालन भएका छन्।

त्यस्तै परियोजनाका खटिएका कृषि विज्ञ र सहजकर्ताहरूले टनेल हाउसमा स्थलगत रूपमा पुगेर कृषकहरूलाई कृषि प्रविधिबारे परामर्श दिएका थिए।

सो कार्यक्रम अहिले महालक्ष्मी नगरका २, ३, ४, ५ र ६ गरि पाँच वडाका ८ सय ५० भन्दा घरधुरीमा सञ्चालन भइरहेको छ।

कार्यक्रम मार्फत किसानलाई टनेल घर निर्माण मात्रै होइन रोप्नका लागि गोलभेंडा, काउली, वन्दाकोभी, रायोको साग जस्ता वालीका विउँविजन समेत निःशुल्क उपलब्ध गराएको छ।

टनेल निर्माणको प्राविधिक पक्ष लागत र खेती सम्वन्धी तालिम समेत संस्थाले दिलाएको परियोजना संयोजक मीनप्रसाद सुवेदीले बताउनुभयो।

टाढाबाट हेर्दा घरैपिच्छे टनेल घर देखिन्छ। टनेलका घर भित्र तरकारी फलेका छन्। फलेका तरकारीले हरियाली देखिन्छ।

यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तु चानुवाको हाटडाँडामा लाग्ने वुधवारे हटियामा बिक्री गर्दै आएका छन्।

त्यस्तै संखुवासभाको खाँदवारी, चैनपुर बजार, मुढेशनिश्चरे बजार र भोजपुरसम्म पनि पुग्ने गर्छन्। अहिले किसानको वारीमैं व्यापारी आउन थालेका छन्।

पर्डेप नेपालका कृषि विज्ञ सूर्यप्रसाद सापकोटाले यो कार्यक्रममार्फत एउटा घर एउटा टनेल अनिवार्य राख्नुपर्ने रहेछ भनेर किसानहरूमा चेतनाको विकास भएको बताउनुभयो।

किसानहरू बेमौसमी उत्पादन गर्ने, अर्गानिक उत्पादन गर्ने, रासायनिक तिर नजाने, आफू पनि बाँच्ने अरूलाई पनि बचाउनेतर्फ जोड दिन थालेका छन्।

कृषि विज्ञले कृषकको घरमै पुगेर कृषि प्रविधि सम्बन्धी परामर्श दिएकाले किसानहरूलाई कृषि सम्बन्धी प्राविधिक ज्ञान लिन कृषकलाई निकै सहज भएको थियो।

परियोजना सञ्चालन भएपछि महालक्ष्मी नगरपालिकाको कृषि क्षेत्र व्यावसायिकतातर्फ उन्मुख महालक्ष्मी नगरपालिका प्रमुख धु्रबराज रायले बताउनुभयो।

उहाँका अनुसार कृषिलाई सम्मानित पेशाका रुपमा विकास गरी कृषकहरूलाई आत्मनिर्भर र व्यावसायिक बनाउन महालक्ष्मी नगरपालिकाले बजेट विनियोजन गरेर परियोजनामा साझेदारी गरेको हो।

त्यस्तै पर्डेप नेपाल धनकुटाका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले प्रविधिसँग जोडिएर कृषि गर्दा कृषकले आत्मसम्मान पाएको महसुस गरेका बताउनुभयो।

हाइटेक भेजिटेवल फार्मिङ तथा टनेल हाउसको प्रयोगबाट कृषकले प्रतिकुल मौसम र रोग किराबाट बालीलाई जोगाउन सफल भएका छन। जसले गर्दा कृषि उत्पादन र कृषकको आम्दानीमा बृद्धि भएको उहाँले बताउनुभयो।

सोमवार, २ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा