अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यले चोभार सुक्खा बन्दरगाहको ०७९ चैत २२ गते उद्घाटन भयो। तर, उद्घाटन भए पनि बन्दरगाहको चहलपहल भने लामोसमयसम्म सुनसान भयो।

अहिले यहाँको ‘चोभार सुक्खा बन्दरगाह’मा पार्किङ र गोदाम स्थल बनाउन लागिएको छ। निर्माण भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याउन लागिएको हो। नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार अबको करिब एक हप्तामा पार्किङस्थल तथा गोदाम सञ्‍चालनमा आइसक्नेछ।

नेपाली व्यावसायीले समुन्द्री बदरगाह हुँदै तराईका पाँच नाकाबाट आयात गर्ने मालवस्तु बोकेको कन्टेनर सीमा क्षेत्रमा आवश्यक प्रकृया पुर्‍याएपछि सिधै काठमाडौं छिरेर चोभारस्थित सुख्खा बन्दरगाहमा जाँच गर्न पाउने व्यवस्थासहित यसको निर्माण गरिएको हो।

यसको निर्माणका लागि विश्व बैङ्कले सहयोग गरेको हो। सुक्खा बन्दरगाहमा रहेको ९० रोपनी जग्गामा एक साताभित्रमा पार्किङ हब सञ्चालन गर्ने तयारी रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो।

खासगरी मालवाहक ट्रकलाई पार्किङ सुविधा उपलब्ध गराउनुका साथै व्यवसायीले निश्चित शुल्क तिरेर गोदामका रूपमा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

 

सोमवार, २ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे