जाडो छल्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा आएका चरा असुरक्षित भएका छन् । नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपका विकास गर्दै आएको बुड्ढी तालका चरा स्थानीयले मार्न लागेपछि असुरक्षित बनेका हुन् ।

अहिले तालमा पानी चरा, जाडो छल्न आएका आगन्तुक चरा, रैथाने चराहरू छन् । स्थानीयले ती चराहरू पासोमा फसाउने, गुलेलीले हानेर मारेको प्रमाण देखिएको पन्छी संरक्षण सङ्घका फिल्ड बायोलोजिस्ट दिलीप चन्दले बताउनुभयो । सो तालमा शुक्रबार चरा गणना गर्ने क्रममा तालको आसपासमा गुलेलीले चरालाई हानेको देखिएको चन्दले बताउनुभयो ।

जसका कारण चराहरू मानिस नजिक देखेपछि उडेर भाग्ने गरेका छन् । तालको आसपासमा माटिकोरे (किङ्ग फिसर), हुचिल ९लाटोकोसेरो०को प्वाँख समेत फेला परेको चरा गणनामा खटिनुभएका नेचर गाइड ईश्वरीप्रसाद चौधरीले बताउनुभयो । तालमा जथाभाबी रूपमा माछा मार्न जाल थापिएका छन् ।

हुचिल मार्न बल्छीमा मरेको मुसा राखेर पासो थाप्ने गरिएको छ । पन्छी संरक्षण सङ्घले चरा गणनाको क्रममा तालमा २१ प्रजातिका चरा फेला पारेका छन् । करिब ७ देखि ८ सयको हाराहारीमा चरा देखिएको जनाएको छ । धेरै सङ्ख्यामा आगन्तुक चरा सिलसिले हाँस रहेको बताइएको छ ।

तालका मारिएका चराको प्वाँख ।

शनिबार, ३० पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे