भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको काममा गुणस्तर हेर्न सडक डिभिजन चौरजहारीको टिम खटिएको छ ।

यस खण्डको सडकको बिभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछि डिभिजन प्रमुख आँसुतोष कर्णसहितको टोली स्थलगत    अनुगमणमा डोल्पा पुगेको हो । ११८ किलामिटर जाजरकोटबाट दुनै सम्मा सडक भेरी करिडोरभित्र पर्छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक रहेको छ ।

मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माणको ट्याक ओपनको काम भइसकेको छ । दुनै–ल्यासिक्याप ५५ किलोमिटर रहेको छ । डोल्पाको सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत नै भइरहेको छ ।

यो सडक खण्डमा कामको सम्झौता गरेपनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली डोल्पा पुगेको हो । २०७८ चैतमा सूर्या श्रेया शान्तिदेबी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ। दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ।

अहिले जाजरकोटको भेरी नगरपालिका –४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लु सम्मा सडक स्तरोन्नती (पिच) को लागि ठेक्का भएर यति बिल्ड्रसले काम गरिरहेको छ । यो त्रिदेशीय सडक समेत रहेको छ । कर्णाली प्रदेशको हुँदै लम्बिनी प्रदेशको नेपालगन्ज जमुनाह नाँका समेत जोड्ने गर्दछ । भेरी करिडोर निर्माण भएमा भारतको रोपैडियाबाट चिनको तिब्बतसँग यसको सिधा सडक जोडिने छ ।

जाजरकोटदेखि दुनै सम्मा अस्थायी ट्याक नेपाली सेनाले सडक निर्माण गरेको हो । अहिले स्तरोन्नतीको काम सडक डिभिजन चौरजहारीले गरीरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गती दिन अनुगमणको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख आँसुतोष कर्णले बताए ।

चौरजहारीबाट दुनै सम्मा कार्यालयको गाडीमा पुगेको कर्णको टोलीले माथिल्लो डोल्पामा पैदल यात्रा गरेर सडकको अवस्था र कामको प्रगती हेर्न लागेको हो । त्यस्तै भेरी करिडोरमा निर्माणधिण सडकको समेत अनुगमण गरिएको छ । सर्बाधिक समस्यको रूपमा रहेको दुनै देखि लासिक्याप सम्माको सडक निर्माणमा समस्य हुने गरेको छ । हिउँद याममा अत्यधिक चिसोका कारण काम गर्न मुस्किल हुनेगर्छ ।

 

शुक्रबार, २९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे