धानको मूल्य निर्धारण भएसँगै गत पुस ११ गतेदेखि आजसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले करिब १३ हजार ८ सय ९० क्विन्टल धान खरिद गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाका प्रमुख विकास कटुवालले यस वर्ष शाखाले प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँको दरले ४ करोड ३५ लाख रुपैयाँ बराबरको धान खरिद गरेको बताउनुभयो ।

शाखाले पुस २२ गते नै धान खरिद बन्द गरेको भए पनि अहिले शाखा परिसरमा भित्रिएको धान तौलिने काम भइरहेको छ ।

यस वर्ष पर्साको पोखरिया नगरपालिका, सहित विन्दवासिनी तथा जगरनाथपुर गाउँपालिकाका साथै बाराको फेटा गाउँपालिकाका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा बढी धान बिक्री गर्न ल्याएको कटुवालले बताउनुभयो । शाखाले यस वर्ष सोना मन्सुली धान १० हजार र जिरा मसिनो धान २ हजार क्विन्टल गरी कूल १२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो ।

संघीय सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरेको थियो ।

यस वर्ष शाखाले किसानको न्यूनतम २५ देखि अधिकतम ६० क्विन्टलसम्म धान खरिद गरेको छ । गत वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो ।

शुक्रबार, २९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे