नेपालबाट पनि यस वर्ष पुच्छ्रेतारा अवलोकन गर्न सकिने भएको छ। शुक्रबारबाट C/2022 E3 (ZTE) नामक पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने भएको हो।

नेपालबाट यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवताराको सामिप्यमा पौष अन्तिम सातादेखि माघ महिनाको दोस्रो सातासम्म साँझ ७:०० बजेपश्चात् अवलोकन गर्न सकिनेछ।

यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा पौष २९ गते सूर्यको सबैभन्दा नजिक आउने भएकाले त्यसपश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिने बीपी कोइरला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले जनाएको छ।

आजभन्दा ५० हजार वर्ष पूर्वहिम युगमा नेन्दरथल तथा हाम्रा पूर्वज ‘होमो सेपियन्स’ पृथ्वीमा विचरण गरिरहेको समयमा सौर्यमण्डलमा समुपस्थित भएर पृथ्वीबाट देखिएको थियो।

पुच्छ्रेतारा फेब्रुअरी २ मा पृथ्वीको सामिप्यमा ४२ करोड किमिको दूरीमा आइपुग्नेछ। हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्नेछन् भने फेब्रअरी २ पश्चात् दक्षिणी गोलार्धमा बस्नेले पनि अवलोकन गर्न सक्नेछन् ।

उक्त पुच्छ्रेतारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरका रूपमा देखिने छ। हरियो रङ्गको देखिनुमा डाइकार्बन अणुहरुको समुपस्थितिले गर्दा भएको हो।

खाली आखाँले अवलोकन गर्न नसकिए तापनि वाइनाकुलर तथा टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिनेछ।

तर फेब्रुअरी २ पश्चात् खाली आखाँले केही समयका लागि यसलाई अवलोकन गर्न सकिनेछ।

कुनै समयमा आकाशमा पुच्छेतारा देखेपछि कुनै संकटको संकेत भनेर मानिने पुच्छ्रेताराहरू वैज्ञानिक जगतका लागि अहिले अनुसन्धानको विषय भएको छ।

बिहिबार, २८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे