पन्ध्र वर्ष अघिसम्म आयातित तरकारीमा निर्भर उदयपुरको बेलका नगरपालिका यतिबेला तरकारी जोनका रुपमा स्थापित भएको छ । पाँच वर्षअघिदेखि नगरपालिकाले वृहत् तरकारी उत्पादन अभियान सञ्चालन गरेपछि यतिबेला यहाँ तरकारी उत्पादन बढेको छ ।

जिल्लाकै पहिलो तरकारी जोन बनाउने लक्ष्यका साथ सुरु भएको अभियानलाई नगरपालिकालाई हरियो तरकारीमा आत्मनिर्भर बनाएको छ । गत वर्ष ८० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएकोमा यस सिजनमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।

जिल्लामा सबैभन्दा बढी हरियो तरकारी उत्पादनमा यही क्षेत्रमा भइरहेका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताउनुभयो । उहाँले यसपटक मात्रै रू पचास लाखभन्दा बढीको तरकारी उत्पादन भइसकेको बताउनुभयो । “किसानहरुले रू ५० लाख बराबरको तरकारी उत्पादन गरिसकेका छन् भने तरकारी उत्पादन अझै भइरहेको छ”, उहाँले भन्नुभयो ।

बेलका तरकारी किसान समूहका सदस्य कुमार कटुवालले आम्बासी, पुरनदह, बानडाँडा, सिसौली, रातापानी, भागलपुर, तपेश्वरी लगायतका स्थानमा पाँच सयभन्दा बढी किसान व्यवसायिक तरकारीखेतीमा संलग्न रहेको बताउनुभयो ।

गत वर्षमात्र बेलका तरकारी किसान समूहले सदरमुकाम गाइघाटसहित चौदण्डीको बेल्टार, सप्तरीको फत्तेपुर बजार र सुनसरी क्षेत्रमा रू ३० लाखभन्दा बढी मूल्य बराबरको तरकारी बिक्री गरेको बानडाँडाका किसान पुष्पप्रसाद भट्टराईले बताउनुभयो ।

नगरपालिका प्रमुख अशोक कार्कीले यस क्षेत्रलाई तरकारी उत्पादन पकेट क्षेत्रका रुपमा अघि बढाएको बताउनुभयो । किसानलाई तरकारी खेतीप्रति प्रोत्साहन गरेकै कारण नगरपालिका जिल्लाकै अब्बल तरकारी उत्पादक क्षेत्रको रुपमा देखा परेको प्रमुख कार्कीको भनाइ छ । नगरपालिकाले तरकारीखेतीका लागि तालिमसहित आर्थिक सहयोग, निःशुल्क बिउबीजन वितरण गर्दै आएको उहाँले जानकारी दिनुयो ।

सुनसरी, झापा मोरङ तथा सिरहा र सप्तरीमा उत्पादन हुने तरकारीभन्दा गुणस्तरीय र सस्तो मूल्यमा तरकारी उत्पादन हुन थालेपछि यहाँबाट ती क्षेत्रमा तरकारी बिक्री बढेका तपेश्वरी गाउँपालिकाका पूर्व अध्यक्ष डिल्ली बिमलीको भनाइ छ ।

हिउँदे र बर्खे लहरे तरकारी गरी हाल यस क्षेत्रमा दश प्रकारका हरियो तरकारी उत्पादन भइरहेको छ । नगरभित्र पाँच सयभन्दा बढी किसानले व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न रहेको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो । प्रत्येक किसानहरुले वार्षिक रू ५० हजारदेखि साढे दुई लाखसम्म तरकारी बिक्री गरी आम्दानी गर्दै आएको किसान दुर्गेस कार्कीको भनाइ छ । विसं २०६८ बाट सीमित किसानले सुरु गरेको व्यावसायिक तरकारी खेती अहिले नगरका अधिकांश वडाका किसानले गर्दै आएका छन् ।

बुधबार, २७ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे