इलामको पर्यटकीयस्थल पाटेनागीमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेसँगै स्थानीय घरहरुमा होमस्टे सञ्चालन हुन थालेका छन् ।

अहिले होमस्टे यहाँका स्थानीयवासीहरुको आम्दानीको मुख्य स्रोत बन्न थालेको हाे । यहाँ आएका पर्यटकहरुले स्थानीय गाउँमा उत्पादन भएको कृषि उपज खरिद गरी कोसेली समेत लैजाने गरेका छन् ।

पाटेनागीको अग्लो डाँडोमा उभिंदा एकातिर पहाडका तरेलीसँगै हिमशृंखलाको आकर्षण त अर्कोतिर पूर्वी पहाडका अग्ला डाँडासँगै ग्रामीण बस्ती नियाल्न सकिन्छ । इलाम नगरपालिका–३ स्थित पाटेनागी छेउको चिटिक्क परेको बस्ती छ । सोही बस्तीमा स्थानीयलाई यतिबेला पाहुनाको सत्कार गर्न भ्याई-नभ्याई भएकाे छ ।

चासो बढ्दै गएपनि यहाँ आगन्तुकलाई त्यसको परवाह हुन्न । बरु होमस्टेमा बसेर आसपासका रमणीय दृश्य नियाल्दै रमाउँछन् । सूर्योदय र मनोरम हिमाली दृश्य नियाल्न सकिने हुनाले पछिल्लो पटक पाटनागिमा पर्यटकहरु आउने क्रम बढ्दै गएको स्थानीयको भनाइ छ ।

पाटेनागी पुग्ने पर्यटकहरुले बाससँगै रातिको क्याम्प फायरको मजा लिन सक्ने भएका छन् । इलाम बजारबाट मेची राजगमार्ग समाएर एक घण्टाको यात्रापछि पाटेनागी पुगिन्छ । प्राकृतिक रमणीयतामा भुल्नकै लागि पर्यटकहरु यहाँ आउने गरेका छन् ।

महाभारत पर्वत शृंखला अन्तर्गत अग्लो डाँडा पाटेनागी यसैले पनि पर्यटनकको आकर्षण रहेको इलाम नगरप्रमुख केदार थापाले बताउनुभयो । पर्यटन बाेर्डबाट गत वर्ष ५० लाख र यस वर्ष २० लाख गरी जम्म ७० लाख रकम विनियाेजन भएकाे उहाँले बताउनुभएकाे छ । साेही रकमले ट्रेकिङ रूट बनाउने उहाँकाे तर्क छ ।

पाटेनागी नजिकको वनमा विभिन्न प्रजातिका चरा, वन्यजन्तु तथा वनस्पति पाइन्छ । पाटेनागी पुगेका पर्यटकहरुले स्थानीय गाउँमा उत्पादन भएको कृषि उपज खरिद गरी कोसेली समेत लैजाने गरेका छन् ।

बुधबार, २७ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा