इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ ।

इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका नागरिकलाई खाद्यान्न, औषधि लगायतका अन्य अति आवश्यक वस्तुहरुको आपूर्ति गर्नुपर्ने भएकाले यसका लागि खाद्य तथा कृषि संगठनल लागेको सो संस्थाले जनाएको छ ।

यसअघि सो क्षेत्रमा यहाँका विद्रोहीहरुले नै खाद्यान्न वितवरण गर्न नदिएकामा अहिले सो क्षेत्रमा युद्धविराम भएपछि विस्तारै आवश्यक वस्तुहरुको आपूर्ति गर्न थालिएको बताइएको हो ।
यहाँको उत्तरी क्षेत्र खासगरी टिगरेका नागरिकलाई अहिले खाद्यान्नलगायतको आवश्यकता परेको र उनीहरुको अवस्था हेरेर अहिले विदेशी दाता संस्थाहरुको समन्वयमा खाद्यान्न पुर्याउने काम गरिएको सो संस्थाले जानकारी दिएको हो ।

यहाँका टिगरे, अफार र अम्राह द्वन्द्वग्रस्त क्षेत्र हुन् । यी क्षेत्रका कैयौँ नागरिकले द्वन्द्वका कारण ज्यान पनि गुमाएका छन् ।

साथै ती क्षेत्रमा जारी रहेको द्वन्द्वका कारण यहाँका विद्रोहीहरुले संयुक्त राष्ट्रसंघ तथा अन्य दाता संस्थाहरुलाई पनि प्रवेश गर्न दिएका थिएनन् । जसका कारण यहाँका नागरिक लामो समयदेखि समस्यामा परेका थिए ।

अहिले खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोग र समन्वयमा ती क्षेत्रहरुमा खाद्यान्न र अरु सहयोग पुयाउने काम भइरहेको बताइएको हो । रासस

बिहिबार, २१ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !