उदयपुरको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले आर्थिक आम्दानी गर्न थालेका छन् ।

अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डीगढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रहरुमा बर्सेनि व्यावसायिक रुपमा रिट्ठाखेतीको वृद्धि हुँदै गएको छ भने कृषकहरुले आर्थिक आम्दानीसमेत गर्न थालेको कृषकहरु बताउँछन् ।

केही वर्षदेखि यता आएर जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास आधेरी क्षेत्रमा समेत व्यावसायिक रुपमा रिट्ठा खेती विस्तार हुँदै गएको कृषकहरु बताउँछन् ।

नगदे बालीका रुपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिट्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने हुनाले अहिले जिल्लाको उदयपुरगढी गाउँपालिकाको भलायाडा क्षेत्र, डुम्रेसहित रौतामाई गाउँपालिकाको आँपटार, मुर्कुची, नामन्त, नामेटार क्षेत्रमा व्यावसायिक रुपमा रिट्ठाखेतीमा वृद्धि हुँदै गएको उदयपुरगढी(३ डुम्रेका एक कृषक बेगबहादुर घले मगरले बताए ।

रौतामाई गाउँपालिका(५ आँपटारका रिट्ठा उत्पादक कृषक हर्कबहादुर राईका अनुसार विगतमा आफूले दुई–चार बोटमात्र रिट्ठा खेती सुरु गरेको भए पनि यसको मूल्य वृद्धि हुँदै गएर राम्रो आम्दानी गर्न सकिने भएको कारण अहिले केही वर्षयता आएर व्यावसायिक रुपमा नै रिट्ठा उत्पादनमा वृद्धि गरेको राई बताउँछन् ।

रिट्ठा उत्पादनमा वृद्धि गरेर सँगै तीन वर्षदेखि आफूले वार्षिक दुई लाखभन्दा बढी मूल्य बराबरको रिट्ठा उत्पादन गरेर बिक्री गर्ने गरेको राई बताउँछन् ।

१० वर्षअघि देखि आफ्नो घरपाखाको जग्गामा रिट्ठाको बिरुवाहरु लगाएर हुर्काएको रौतामाई मुर्कचीका कृषक दोदराज सिजाली मगर भन्छन्, ‘तीन बर्ष देखि यता आएर रिट्ठा उत्पादन गर्न थालेको र अहिले वार्षिक रुपमा डेढ लाख सम्मको रिट्ठा बिक्री गर्न आफू सफल भएको छु, बिरुवा बोटहरु हुर्कंदै गएको कारण केही वर्षपछि उत्पादन र आम्दानीमा वृद्धि हुने अपेक्षा गरेको छु।’

अहिले रिट्ठाको बजार राम्रो रहेको र बजार मूल्य प्रतिकेजी रु ८० देखि एकसय २५ सम्म रहेको कारण पनि यस क्षेत्रअन्तर्गत गाउँघरका कृषकहरु व्यावसायिक रुपमा रिट्ठा खेतीप्रति बर्सेनि आकर्षित हुँदै जान थालेको मगर बताउँछन् । आफूले गाउँमा व्यावसायिक रिट्ठा खेती सुरु गरेपछि अहिले छिमेकी अन्य गाउँलेहरुले पनि व्यावसायिक रिट्ठा खेती सुरु गरेको मुर्कचीका कुलेन्द्र मगर बताउँछन् ।

यता जिल्लाको चौदण्डी नगरपालिकाको सावा सिद्धिपुर क्षेत्रमा समेत अहिले व्यापक रुपमा व्यावसायिक रिट्ठा खेती सुरु भएको र कृषकहरुले वार्षिक ५० हजारदेखि दुई लाखसम्मको रिट्ठा उत्पादन गरेर बिक्री गर्न सुरु गरेको सिद्धिपुरका जितबहादुर बुर्जा मगर बताउँछन् ।

सिद्धिपुर क्षेत्रमा अहिले ११ घर कृषकहरुले व्यावसायिक रुपमा रिट्ठाखेती सुरु गरेको र यस क्षेत्रमा अहिले वार्षिक १८ लाखभन्दा बढीको रिट्ठा उत्पादन हुन सुरु गरेको जितबहादुर बुर्जा मगर बताउँछन् ।

मुर्कुची बजारका जडीबुटी उत्पादक व्यवसायी तेजनारायण शेर्पाका अनुसार रिट्ठाबाट साबुन, सेम्पु, औषधि, कस्मेटिक सामानहरु सहितका विभिन्न वस्तुहरु उत्पादन गर्न कच्चापदार्थका रुपमा प्रयोग गरिने हुनाले यसको माग पनि बढ्दै गएको र मूल्य पनि राम्रो रहेको कारण अहिले गाउँघरका कृषकहरु रिट्ठा उत्पादनप्रति आकर्षित बन्दै गएका छन् ।

आफूहरुले समेत रिट्ठा खरिद गरेर औषधी उत्पादन गर्ने गरेको र यसबाहेक खरिद गरिएका रिट्ठाहरु पूर्वको इटहरी विराटनगर हुँदै भारतर्फ पैठारी हुने गरेको शेर्पा बताउनुहुन्छ ।

डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकृत जागेशश्वर साहका अनुसार अहिले जिल्लाको मध्य तथा पूर्वी पहाडी क्षेत्रका धेरै कृषकहरुले व्यावसायिक रुपमा रिट्ठा उत्पादन गरेर राम्रो आर्थिक आम्दानी लिन थालेको साह बताउँछन् ।

त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु क्षेत्रमा पनि २०६० सालदेखि रिट्ठा खेती सुरु भएको र अहिले यस क्षेत्रका झन्डै १५ घर कृषकहरुले रिट्ठा उत्पादन सुरु गरेको त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राई बताउँछन् ।

त्रिनपाको साउने र खाँबु क्षेत्रमा अहिले वार्षिक आठ लाखदेखि १० लाखसम्मको रिट्ठा उत्पादन र बिक्री हुन थालेको खाँबु हुबासका कृषक दुर्गाप्रसाद तिम्सिनाले बताउँछन् ।

गाउँका कृषकहरुबाहेक जिल्लाको सरकारी वनमा समेत रिट्ठा उत्पादन हुँदै आएको र आफूहरुले नै गाउँका कृषकहरुलाई रिट्ठाको बिरुवाहरु उपलब्ध गराएर उत्पादन गर्न प्रोत्साहन गर्दै आएको डिभिजन वन कार्यालय गाईघाट उदयपुरका सहायक वन अधिकृत साहले बताए ।

रिट्ठाका बिरुवाहरु बर्सेनि डिभिजन वनले नै नर्सरीमा उत्पादन गरेर कृषकहरुलाई वितरण गर्ने गरेपछि अहिले जिल्लाको पहाडी क्षेत्रका धेरै गाउँहरुमा कृषकहरुले व्यावसायिक रिट्ठा उत्पादनमा वृद्धि गर्दै लगेको र रिट्ठा बिक्रीबाट राम्रो आर्थिक आम्दानीसमेत लिन थालेको सहायक वन अधिकृत साह बताउँछन् ।

मङ्लबार, १९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा