नेकपा एकीकृत समाजवादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ ।

आज (मंगलबार) सकिएको पोलिटब्यूरो बैठकले वामपन्थी एकता र सहकार्यका लागि सधैभरी प्रतिबद्ध रहेको भन्दै त्यसको गृहकार्य गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको हो ।

‘हाम्रो पार्टी वामपन्थी एकता, सहकार्य र वा मोर्चा बनाउनु पर्छ भन्नेमा हिजो पनि थियो आज पनि छ र भोलि पनि रहन्छ । त्यसका लागि केन्द्रीय सचिवालयलाई अनुमति प्रदान गरेको छ’, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भन्नुभयो ।

त्यस्तै नयाँ समीकरणपछि बनेको प्रचण्ड नेतृत्वको सरकारबारेको दृष्टिकोण बनाउने जिम्मा पनि पोलिटब्युरोले सचिवालयलाई नै दिएको छ ।

‘नयाँ गठबन्धन सरकारका बारेमा थप आवश्यक अध्ययन, छलफल गर्नुपर्ने छ । ‘यसले जनताका लागि के कस्ता योजना र कार्यक्रम ल्याउँछ त्यसका आधारमा यसबारे अन्तिम निर्णय गर्ने अधिकार पनि केन्द्रीय सचिवालयलाई प्रदान गरेको छ’, बैठकका निर्णय सुनाउँदै नेता खतिवडाले जानकारी दिनुभयो ।

नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने र समर्थन गर्ने नगर्ने भन्ने बारेमा अन्य राजनीतिक दल र उनीहरूका गतिविधि हेरेर निष्कर्ष निकाल्ने भएको छ ।

एकता यसबाहेक पार्टी शुद्धीकरण, सुदृढीकरण, पार्टी सदस्यता अभियान लगायतका बारेमा बैठकमा छलफल भएको भन्दै त्यसलाई अभियानकै रूपमा अघि बढाउन सचिवालयले कार्ययोजना बनाउने निर्णय पनि सो पार्टीले गरेको छ ।

मङ्लबार, १९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा