नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गर्नु भएको छ ।
सभापति देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित,२०७४) को धारा ११३ को उपधारा १ बमोजिम प्रतिनिधिसभाका सदस्य लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुनुहुन्छ ।