fil photo

 

मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उहाँको भनाइ थियो ।

वितरण सञ्जालमा चार वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा-रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्टि-म्स्कु-मार-सिएभी-क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी मण्डिखाटार क्षेत्रमा टुँडी कन्स्ट्रक्सनले वितरण सञ्जाल निर्माणको काम गरिरहेको छ । कपन क्षेत्रमा भने लिपेल÷शैलुङ जेभीले काम गरिरहेको छ । रु. सात अर्ब ३६ करोड तीन लाख ८४ हजारको लागतमा दोस्रो चरणको सात सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो ।

निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ ।

पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।

सोमवार, १८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा