बालगृह र ज्येष्ठ नागरिक आश्रममा खाद्यन्न संकट पर्न थालेपछि रोटरी क्लब न्यूयोर्क क्वीन,रोटरी क्लब महाराजगञ्ज काठमाडौले खाद्यान्न सहयोग गरेको छ ।
सामाजिक काममा सकृय रहदै आएका क्लबले संयुक्त रुपमा पबित्रा सेवा समाज टोखा र साझा सहयात्री संस्था ललितपुर लुभुलाई ६० हजार रुपैया बढीको खाद्यान्न सहयोग गरेको हो । रोटरी क्लब न्यूयोर्कका अध्यक्ष नवराज केसी र रोटरी क्लब महाराजगञ्जका अध्यक्ष डा. जयबहादुर टण्डनले दुबै बाल र ज्येष्ठनागरिक गृहमा पुगेर खाद्यान्न नुन, तेललगायतका सामाग्री प्रदान गर्नु भएको हो ।
लुभुमा रहेको साझा सहयात्री संस्थामा ९जना बालबालिका छन । उनीहरुलाई काउन्सिलीङ, शिक्षा शेल्फडिफेन्सको तालिम दिदै अएको संस्थाकि अध्यक्ष गिता केसी दर्नालले बताउनुभयो । १२ कक्षा उर्तिण गरेपछि बिभिन्न तालिम दिएर आफै जीविकोपार्जन गर्न सक्ने बनाउने संस्थाको उद्देश्य हो । बालबालिकालाई साघुरो घरमा राखिएकाले फराकीलो बालगृहमा राख्नु पर्ने अवस्था छ ।
उनीहरुको पालनपोषण र अध्ययनपछि रोजगारीसम्मको अवस्था सृजना गनु पर्ने दायित्व संस्थाको छ । दुर्गम क्षेत्रमा रहेका बालबालिकालाई ललितपुरमा ल्याएर गिता ९ जना बालबालिकाकी आमा बन्नु भएको छ । त्यसै गरी पबित्रा सेवा समाजमा पनि र्दुगम कर्णालीदेखिका बालबालिकाछन् । त्यसैगरी ज्येष्ठनागरिकलाई पनि संगै बस्ने ब्यवस्था गरीएको छ । शिक्षा, स्वास्थ्य, सञ्चार र बालबालिका र ज्येष्ठनागरिकको सहयोग र बिकासको क्षेत्रमा काम गर्दे आएको रोटरी क्लबले आगामी दिनमा पनि पिछडीएको क्षेत्रमा काम गर्ने रोटरी क्लब महाराजगञ्जका चार्टर अध्यक्ष डा. जयबहादुर टण्डनले बताउनुभयो ।
रोटरी क्लब न्यूयोर्क क््वीनका अध्यक्ष नवराज केसीले आगामी दिनमा नेपालमा बालबालिका, स्वास्थ्य, शिक्षा र सञ्चारको क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । नेपाल आएका बखत समाजिक क्षेत्रका सरीक हुन पाउँदा खुशी लागेको केसीले वताउनुभयो । यस भन्दा अगाडी पनि क्लबले सिन्धुपाल्चोकमा बालबालिकालाई सहयोग गरेको छ ।
अन्य दुर्गम जिल्लामा पनि बालबालिकाको क्षेत्रमा काम गर्ने रोटरी क्लबले जनाएको छ ।