राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल मर्स्याङ्दी गाउँपालिका वडा ३ ढगैंबेंसीलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । ऐतिहासिक स्थलको प्रवर्धन र विकासका लागि मर्स्याङ्दी गाउँपालिकाले पहल गरिरहेकोमा स्थानीयले पनि यसको संरक्षण र संवर्धन गर्न गाउँवासी एकमत भएका हुन् ।

नेपाल एकीकरणका प्रमुख पात्र भक्ति थापाको जन्मथलो ढगेंबेंसीमा पर्यटन प्रवर्धन गर्न उहाँकै सालिक निर्माण गरिएको छ । गाउँकै टुकमान थापाले दान दिएको २ रोपनी ६ आना जग्गामा थापाको अर्धकदको सालिक निर्माण गरिएको छ ।

वि.स. १८०२ मा जन्मिएका भक्ति थापाको जन्मस्थलको संरक्षण र संवर्द्धन हुन नसकिरहेको बेला भक्ति थापा जन्मस्थल संरक्षण तथा संवर्द्धन विकास समिति गठन गरेर यसको प्रचार प्रसार, संरक्षण र प्रवर्धन थालिएको हो ।

यसको संरक्षणका लागि २०६७ माघ ८ मा चेतबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको थियो । सो समितिले भक्ति थापाले गाईबस्तु चराउने र गोठ राख्ने गरेको प्राकृतिक मनोरमस्थल हर्सिङडाँडामा धर्मशाला निर्माण गरेको मर्स्याङ्दी गाउँपालिका ३ का निवर्तमान वडाध्यक्ष एवम् तत्कालीन समितिका कोषाध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

भक्ति थापाको जन्मस्थल विकासका लागि ८ रोपनी जग्गा थप गर्ने, खुदीको बुद्धबजारबाट मोटरबाटो निर्माण र सडक स्तरोन्नति, पार्कसहितको पिकनिकस्थल निर्माण र सङ्ग्रहालय बनाउने तयारी छ ।

मङ्लबार, १७ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा