ग्रामीण पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको भिटोफ नेपालले यही माघ १८-२० गते धादिङको रुबीभ्याली गाउँपालिका-४, स्थित चालिस गाउँमा पर्यटकीय सम्भाव्यताको अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम रुबिभ्याली गाउँपालिका र नेपाल पर्यटन बोर्डको समन्वयमा भिटोफ नेपालको आयोजनामा गर्न लागिएको हो ।

रुबीभ्याली गाउँपालिकालाई ग्रामीण पर्यटनको ‘हब’को रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पर्यटनको विकासका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण रुबीभ्याली सांस्कृतिक हिसाबले पनि सम्पन्न छ । सङ्घीय राजधानी काठमाडौँसँगै जोडिएको जिल्ला धादिङको उत्तरी भेगमा हिमालयको काखमा लुकेर बसेको रुबी भ्यालीलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने कार्यमा आफूहरू लागिपरिरहेको भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले बताउनुभयो ।

पाँचऔँले, चिरायु, लगायत जडीबुटीहरू पनि पाइन्छ । लालीगुराँसको घना जङ्गल पनि रहेको छ । गुराँस फुल्ने बेलामा जङ्गलको मुहार अर्के देखिन्छ । बहुमूल्य पत्थर रुबी क्रिस्टल पाइन्छ । उक्त पत्थर पाइने भएकाले नै यस क्षेत्रको नाम रुबीभ्याली रहन गएको हो ।

तामाङ समुदायको तामाङसेलो, म्हेन्दोमाया, गुरुङ समुदायको रोधी, घाटु नाच, मारुनी नाच लगायत स्थानीय लोक भाका तथा नृत्यको श्रव्यदृष्यले पर्यटकहरूलाई लोभ्याउने गरेको छ । कोदो, मकै, जौ, फापर लगायतको ढिँडो, सिस्नु, खोले साग, असला माछा, आलु, रुबी भ्यालीको लोकल मार्सी चामलको भात स्थानीय परिकार हुन् ।

 

सोमवार, १६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !