नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नयाँ बानेश्वर व्यापार व्यवसायी संघले माइतीघरमा प्रदर्शन गरेका छन्।

सोमबार उद्योग व्यवसायीहरूले सरकारको व्यवसायीप्रति विभेद तथा वित्तिय संस्थाको आतंक विरुद्ध विरोध  कार्यक्रम प्रदर्शन गरेका हुन्।

बैंकहरुले कर्जाको ब्याजदर फेरि बढाएर व्‍यापारीलाई टर्चर दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्। उद्योगी व्यवसायीहरुले अहिले बढेको ब्याजदरअनुसार कर्जाको ब्याज भुक्तानी गर्न सक्ने अवस्थासम्म नरहेकोले प्रदर्सनमा उत्रिन बाध्य भएको बताएका छन्।

बैंकहरुले निक्षेपको ब्याजदर घटाएको भए पनि कर्जाको ब्याजदर फेरि ०:५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्।

प्रदर्शनमा सहभागीहरूले गरी खाने मर्दैछ, सरकारको राजश्वको घट्दैछ,भिख मागेर देश चलाउने अर्थनीति बन्द गर,बैंक सधै नाफामा,उधोगी सधैं घाटामा लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।

सोमवार, १६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !