Trending
निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।
आज आयोगले मिति तय गर्नका लागि बैठक बोलाएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘आज १२ बजे बैठक बोलाएका छौं, बैंठकले मिति टुग्गो लगाउँछौं।’ आजको बैंठकमा चितनव-२ को उपनिर्वाचनका बारेमा पनि छलफल हुनेछ।
निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने उहाँको भनाइ छ। राष्ट्रपतिको निर्वाचन आगामी फागुन २६ गते गर्ने आयोगको तयारी छ।