‘गौरीशंकर संरक्षण क्षेत्रले दोलखा बिगु गाउँपालिका–७ आलम्पुको थामी समुदायले पुख्र्यौंली पेसाकै रूपमा उत्खनन गर्दै आएको स्लेट खानी बन्द गरेको छ । बन्द गरेपछि आम्दानीको स्रोत खोसिदा उनीहरू चिन्तित भएका छन्।

आफूहरूको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको स्लेट खानी ‘दर्ता गरेरमात्र चलाउनु’ भन्दै संरक्षण क्षेत्रले बन्द गरिदिएपछि आफूहरू समस्यामा परेको स्थानीय कालुमान थामी बताउँछन्। ‘यही स्लेट खानीको ढुंगा निकालेर घर छाउन मिल्ने बनाएर बेच्ने र त्यसैको आम्दानीले परिवार पाल्ने गर्दै आएको आएका छौं। अब खानी बन्द भएपछि परिवारको पालनपोषण कसरी गर्ने’, कालुमानले भने।

वडा–७ आलम्पुस्थित ७४९ घरधुरीमा २ सय थामी परिवारले स्लेट निकाल्ने ठाउँ छुट्ट््याएर सोहीअनुसार बिक्री वितरणका लागि स्लेटलाई आकार दिंदै आएका छन्। उनीहरूले स्लेट निकालेपछि जिल्लाका विभिन्न ठाउँबाट आवश्यकताअनुसारको स्लेट खरिद गर्न मानिसहरू गाउँमै पुग्ने गरेका थिए। आफूले खानीबाट दैनिक २५/३० फिट स्लेट निकालेर घरमा छाउन मिल्ने बनाएर प्रतिफिट ३५ रुपैयाँसम्ममा बेच्ने गरेको कालुमानको भनाइ छ। खानी दर्ता गरेर चलाउन आफ्नो आर्थिक हैसियत नपुग्ने उनी बताउँछन्।

आलम्पू गाग्रो फुटेको स्लेट खानीबाट २०१३ सालदेखि थामी समुदायका मानिसले स्लेट निकालेर घर छाउन थालेको र २०१७ सालबाट आर्थिक उपार्जनको लागि उक्त स्लेटलाई घरमा छाउन मिल्ने बनाएर जिल्लाभरि नै बिक्री वितरण सुरु गरेको स्थानीयको भनाइ छ। गौरीशंकर संरक्षण क्षेत्रले खानी सञ्चालनमा रोक लगाएपछि मानिसहरू स्लेट लिन गाउँमा आउन छोडेकोले अहिले सबै परिवारको झण्डै डेढ करोड बराबरको स्लेट अलपत्र रहेको स्थानीय कालुमान बताउँछन्।

वर्षमा सात महिना सञ्चालन हुने खानीबाट स्लेट निकालेर वर्षदिन परिवारको गुजारा हुनेगरेकोमा संरक्षण क्षेत्रले दर्ता गर्नुपर्ने उर्दी जारी गरेपछि स्लेट बिक्री नभएर आर्थिक संकटमा परेको स्थानीय थामीहरू गुनासो गर्छन्। अहिले पनि गाउँमा स्लेट लिन आउने मानिसले प्रतिस्क्वायर फिट ३० रुपैयाँ संरक्षण क्षेत्रलाई राजश्व बुझाएरै लाने गरेको स्थानीय बताउँछन्। खानी नै दर्ता गर्नुपर्छ भन्नु सीमान्तकृत थामी समुदायलाई स्लेट निकाल्न नदिने षड्यन्त्र भएको स्थानीय बताउँछन्। स्लेट खानीमा काम गर्न नपाइने भयो भने स्थानीयस्तरमा उत्पादन हुने आलु, कोदो र गहुँले परिवारको गुजारा तीन महिना पनि नचल्ने मकर थामीको भनाइ छ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख मधु क्षेत्री आफूले थामी समुदायका मानिसलाई स्लेट निकाल्न बन्देज लगाउन नचाहेको तर खानीसम्बन्धी नयाँ कानुनअनुसार खानी विभागमा दर्ता नगरी उत्खनन अनुमति नभएकोले बाध्य भएर रोक्नु परेको बताउनुभयो। कानुनी झन्झटमा फस्नुभन्दा सबै मिलेर खानी दर्ता गरी थामी समुदायकै मानिसलाई रोजगारी दिने अवस्था बनाउनु उपयुक्त निकास हुने आयोजना प्रमुख क्षेत्रीको भनाइ छ।

आइतवार, १५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !