सरकारले सीमामा हुने तस्करी रोक्न केन्द्रबाटै कडा निर्देशन दिएलगत्तै बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दैगएको छ । पोल्ट्री व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीका अनुसार केही दिन यता बाँकेमा उत्पादन गरिएका कुखुराको खपत बढ्दै गएकाले भारतबाट कुखुराको अवैध आयातमा कमी आएको व्यवसायीको भनाइ छ ।

यसअघि दैनिक ६० क्विन्टलसम्म भारतबाट अवैध रूपमा कुखुरा भित्रिने गरेकाले स्थानीय कुखुरापालन व्यवसाय धराशायी बनेको थियो । हाल केही सुधारको लक्षण देखापरेको सुवेदीले बताउनुभयो ।

पोल्ट्री व्यवसायी सङ्घ बाँकेका अनुसार विगत लामो समयदेखि कुखुराको अवैध आयात रोक्न पटक पटक स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराउँदै आएको थियो । बर्डफ्लु लगायत पन्छीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ ।

भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमाभन्दा सस्तो रहेकाले मुनाफाका लागि भारतीय कुखुरालाई तस्करी गरेर नेपाली बजारमा पुर्‍याउने गरिएको छ । अहिले केही समय यता स्थानीय कुखुराको बिक्री बढेको नेपालगञ्ज परसपुरका कुखरापालक व्यवसायी निजामुद्दीन ईद्रिसीले बताउनुभयो ।

सोही प्रकारको प्रतिक्रिया अर्का कुखुरापालक किसान मुनेजर खाँले पनि दिनुभयो । उहाँले अहिले केही दिन यता स्थानीय उत्पादनमा माग बढ्दै गएकोले आफूहरूमा आशा पलाएको बताउनुभयो ।

मुख्य नाका लगायत ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक ठूलो मात्रामा भारतबाट कुखुरा नेपाल आउनेगरेको र त्यसको असरले स्थानीय व्यवसायीको व्यवसाय धरापमा परेकोमा अहिले केही राहातको सङ्केत देखिएको अधिकांश व्यवसायीको भनाइ छ ।

सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका १ साइगाउँ र खजुरा गाउँपालिकाको वडा नम्बर १ राधापुर क्षेत्रबाट कुखुरा र चल्ला तस्करी हुनेगरेको व्यवसायीहरूको दाबी छ । सीमापारिबाट ल्याइएका कुखुरालाई नेपालकै उत्पादन भन्दै नेपालगञ्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशका जुम्ला, डोल्पा र हुम्लालगायतका जिल्लामा समेत पुर्‍याउने गरिएको पोल्ट्री व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।

स्थानीय प्रहरी प्रशासनले पनि केही समय यता आएर अवैध कुखुरा आयात लगायतमा निकै कडाइ गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले त्यस्ता अवैध आयातलाई शून्यमा झार्ने गरी काम गरिरहेको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताउनुभयो ।

शनिबार, १४ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो