थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले गृह मन्त्रालयसँग सहयोग मागे‍को छ।

बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाले गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहयोग मागेको हो।

महानगरले आफू यो अभियानमा असफल भएको भन्दै सहयोग गर्न मन्त्रालयको सहयोग मागेको हो।

महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारीले थापाथलीस्थित बाग्मती नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक पटक प्रयास भएपनि प्रयास सफल हुन नसकेको बताउनुभयो ।

अतिक्रमित क्षेत्रमध्ये थापाथलीस्थित बाग्मती नदी किनारमा अव्यवस्थितरअनाधिकृत रूपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भई आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन नसकेको महानगरको निष्कर्ष छ।

यसअघि थापाथलीको अनधिकृत बस्ती हटाउने क्रममा महानगर प्रहरी र सुकुम्बासीबीच झडप भएको थियो।

बिहिबार, १४ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा