नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पाँच दलीय गठबन्धन टुट्नुमा पार्टी सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आरोप लगाउनु भएको छ ।

बिहीबार बिहान विराटनगरस्थित कोइराला निवासमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता कोइरालाले तत्कालीन सत्ता गठबन्धन लामो समयसम्मका लागि बने पनि आफ्ना पार्टी सभापति देउवाको अदूरदर्शिता र माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्ति जिम्मेवार भएको आरोप लगाउनु भएको हो ।

कांग्रेसले निर्णय गर्ने कुरामा कमजोरी गरेको उहाँको भनाइ छ। योसँगै अरू विषयले पनि गठबन्धन टुट्ने कारण रहेकोले यो कुरा बिस्तारै खुल्दै जाने कोइरालाले बताउनुभयो । उहाँले सरकारमा नजाँदैमा कांग्रेस खुम्चिने र कमजोर नहुने पनि दाबी गर्नुभयो । नेपाली कांग्रेस ठूलो शक्ति भएकाले अब जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका सदन र सडकमा कांग्रेसले निर्वाह गर्ने उहाँले बताउनुभयो ।

पाँचदलीय गठबन्धनबाटै सरकार गठन गर्ने कुरा भइरहेका बेला देउवा र प्रचण्डबीच को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति नहुँदा अन्तिम समयमा माओवादी केन्द्रले नेकपा एमालेलगायत सात दलको समर्थनमा सरकार गठन गरेको हो।

 

बिहिबार, १४ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे