लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो ।

पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको बताइएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन ।

उता पानी नपर्दा बढेको सुक्खापनले कृषि क्षेत्रमा पनि असर पर्न थालेको बताइएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार सामान्यतया मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुस १३ सम्म पानी पर्न सकेको छैन । उहाँका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।

नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुने भएपनि अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको मौसमविद् कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यही प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात् भइरहेको छ । पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बदली र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने गरेको छ । तर, पानी पार्ने गरी सक्रिय नहुँदा वर्षा हुन सकेको छैन ।”

मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया काठमाडौमा डिसेम्बर महिनामा १३ दशमलव २ मिलिमिटर पानी पर्नुपर्छ । तर, यो वर्ष आज डिसेम्बर २८ सम्म पनि पानी पर्न सकेको छैन । पानी नपर्दा काठमाडौ सहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ ।

उता वर्षा नभई प्रदूषणसँगै सुक्खापन समेत बढेकाले आगलागीका घटना पनि बढ्न थालेका छन् । आज हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

उता लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ भने अरु ठाउँको मौसम भने सामान्यता सफा नै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार, १३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे