नेकपा एमालेको पहलमा माओवादी केन्द्रसँगको गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि फेरि वाम एकताको चर्चा चल्न थालेको छ।

नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीलाई संसदमा पहिलो दलका रुपमा उभ्याउने गरी संवादका लागि नेताहरु परिचालित गरेका हुन्। माओवादी नेतृत्वको सरकार बनेलगत्तै ओलीले चुनावअगाडि पार्टी छाडेका नेताहरु फकाउने अभियानलाई तीव्र बनाएका छ्न्।

ओलीले पार्टीलाई पहिलो बनाउने रणनीतिअनुसार वार्ताका लागि उपाध्यक्ष विष्णु पौडेल र नेता महेश बस्नेतसहितलाई परिचालित गरिरहेका छन्। यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भेट्न एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत पुगेका छन्। अध्यक्ष नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो। अध्यक्ष नेपालसँगको भेटवार्तामा नेकपा एसका सचिव मेटमणि चौधरी पनि थिए।

सरकारमा मात्रै नभएर एमालेका कतिपय नेताहरूले नेपाललाई पार्टीमा फर्काउने प्रयास गरिरहेका छन्। मङ्गलवार साँझ उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाल भेट्न कोटेश्वर पुगेका थिए। सो भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो ।

यसअघि उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए। सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग संवादमा छन्।

बुधबार, १३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे