भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप ४३.६५ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सूचीकृत गर्न अनुमति दिएको छ ।

अनुमति पाउने दुई आयोजनामा २४.२५ मेगावाटको काबेली बी १ र १९.४ मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योसँगै अब प्राधिकरणले ४५२.६ मेगावाटसम्म विद्युत् आईआईएक्समा बिक्री गर्न बाटो खुलेको छ ।

सुक्खायाम सुरु भएसँगै पर्याप्त विद्युत् उत्पादन नभएपछि प्राधिकरणले अहिले भारतबाट विद्युत् खरिद गरेर देशभित्र विद्युत् आपूर्ति गरिरहेको छ । आगामी वैशाख अन्तिमदेखि भने निर्यात थाल्ने योजना प्राधिकरणको छ । प्राधिकरणले गत वर्षदेखि दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी आईएक्समा बिक्री सुरु गरेको थियो ।

यो वर्ष थप आयोजनाले अनुमति पाएपछि २७ जेठबाट छवटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री थालेको थियो । त्यस्तै १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो ।

अहिले थप दुई आयोजनासँगै १० जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारततर्फ निर्यातको अनुमति पाएको छ ।

बुधबार, १३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे