सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरअन्तर्गतका चारवटा शाखा नहरको निर्माण सम्पन्न भएको छ ।

पूर्वी नहरमा पर्ने फत्तेपुर, राजकुलोका साथै एस एकदेखि एस फोरसम्म गरी छवटा शाखा नहरमध्ये फत्तेपुर, राजकुलो, एस दुई र एस फोरको निर्माण सकिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दुईओटा शाखा नहरको भने काम बाँकी नै छ ।

अहिले सिक्टाको पूर्वी नहरको फत्तेपुर २४ किलोमिटरसम्म पानी छोडिएको छ । पूर्वी नहर खण्डको ३७ किलोमिटरसम्ममा ठेक्का लागेर निर्माणाधीन अवस्थामा रहेको यादवले जानकारी दिनुभयो ।

उक्त खण्डको भौतिक प्रगति करिब ९० प्रतिशत रहेको छ । निर्माण सक्नुपर्ने म्याद भने आगामी माघ २९ सम्म रहेको छ । निर्धारित समयमा काम पूरा हुने अवस्था नदेखिएको आयोजनाले जनाएको छ ।

पूर्वी नहर निर्माणका लागि २०७४ साल भदौ ९ गते कालीका–कुमार जेभिसँग तीन अर्ब ३० करोड २१ लाख ३९ हजार ५१९ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

अहिले फत्तेपुरसम्मको करिब दुई हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको इन्जिनियर यादवले बताउनुभयो । उहाँका अनुसार पूर्वी मूल नहरको राजकुलो सिँचाइ प्रणालीमा २०७६ सालदेखि नै पानी सञ्चालन भइरहेको छ । उक्त प्रणालीबाट एक हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

सिक्टा सिँचाइ आयोजनाले पश्चिमी मूल नहर र शाखा नहरबाट पश्चिमतर्फ करिब १६ हजार हेक्टर क्षेत्रफलमा पानी पुगेको जनाउँदै आएको छ तर नहरमा ठाउँठाउँमा कमजोर निर्माण भएकाले उक्त खण्डको प्रभावकारितामा पटक पटक प्रश्न उठिरहेको छ ।

सिक्टा सिँचाइ आयोजनाबाट पश्चिममा ३३ हजार ७६६ र पूर्वमा नौ हजार हेक्टर गरी जम्मा ४२ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु(याउने लक्ष्य रहेको छ ।

सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरअन्तर्गत नरैनापुर क्षेत्रमा विस्तार गर्नुपर्ने नहरको सर्वेक्षणको काम पनि तीन वर्षपछि फेरि अगाडि बढेको आयोजनाले जनाएको छ । नहर निर्माण हुने क्षेत्रको जग्गालाई लिएर स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेपछि नहर सर्वेक्षणको काम रोकिएको थियो ।

अहिले गाउँपालिका र जनप्रतिनिधिको पहलमा स्थानीयको अवरोध हटेको आयोजनाका इन्जिनियर यादवले बताउनुभयो ।

बुधबार, १३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे