दाङमा सामुदायिक वनको जमिनलाई पार्कका रुपमा विकास गरेपछि पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका –७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँजसो भीडभाड लाग्ने गरेको छ ।

पार्कमा पिकनिक खाने, घरफिर गर्नेदेखि फोटो खिच्ने र भिडियो बनाउनेहरूका कारण दैनिकजसो चहलपहल हुने गरेको छ । पार्कलाई आकर्षक बनाउन गेटबाट प्रवेश गरेलगत्तै राखिएको शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति हेर्नदेखि शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरु वन जङ्गलसहितको सुन्दर वातावरणमा रमाउन आन्तरिक पर्यटकका रुपमा दिनहुँ मानिसहरु पार्क पुग्ने गर्छन् ।

जसलेगर्दा सामुदायिक वनले राम्रो आम्दानी समेत गर्दैआएको छ । सामुदायिक वनभित्र निर्माण गरिएको पार्क पर्यटकीय क्षेत्रका रुपमा विकास भएसँगै वन समूहकाे आम्दानी समेत बढेको छ । ‘सामुदायिक वन क्षेत्रमा रहेको पार्क आफैंमा सुन्दर छ । पार्कलाई आकर्षक बनाउन बुद्धको मूर्तिदेखि जङ्गली जनावर राखिएकाले  पार्कमा अहिले बालक, वृद्ध जोकोही पनि रमाउने गर्छन्’ स्थानीय रविन्द्र केसीले भन्नुभयो, ‘त्यसैले गर्दा पछिल्लो समय धेरै आन्तरिक पर्यटक पिकनिक तथा घुमफिरका लागि आउने गर्नुहुन्छ ।’

पार्क व्यवस्थापन समितिका अनुसार अन्य दिनहरुको तुलनामा शनिवार वा सार्वजनिक बिदाका दिन धेरै भीडभाड हुनेगरेको छ । पार्कमा प्रवेश गरेलगत्तै गेटबाटै देखिने गौतम बुद्धको मूर्तिसहित सयपत्री फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् ।

पार्कभित्रका पस्दा पानीको फोहरा, कृत्रिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका चितुवा, बाँदर, उल्लु, खरायोका बच्चालगायतका जनवारसँग पनि पर्यटकहरू उत्तिकै रम्ने गरेका देखिन्छन् । त्यहाँ रहेको चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् ।

चिल्ड्रेन पार्क सञ्चालनका लागि अर्को संस्थालाई भाडामा दिइएको छ । त्यहाँ पिङ, पौडीदेखि बच्चाहरूले खेल्ने हरेक सामग्रीहरू राखिएका छन् । तुलसीपुर क्षेत्रको मुख्य पर्यटकीय केन्द्रको रूपमा रहेको राप्ती शान्ति पार्क पर्यटकको मुख्य केन्द्र बन्दै गएको छ ।

कुनै समयमा नामको मात्र रहेको पार्कमा हिजोआज भौतिक संरचना र अन्य पर्यटकलाई आकर्षण गर्ने संरचनाहरू बन्दैगएपछि स्थानीय पर्यटकको निकै भीडभाड हुनेगर्छ । वि.सं २०५९ माघ ८ गतेदेखि त्यहाँ उद्यान निर्माणको काम शुरु गरिएको थियो ।

शुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम शुरु गरिएको उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरे पनि उद्यानको विकासका लागि अझै गर्न बाँकी रहेको बताउनुभयो ।

बुधबार, १३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !