नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ ।

आज बुधबार बिहान संस्थापन इतरका नेता डा. शेखर कोइरालाको सचिवालय विशाल बजारमा बसेको इतरसमूहको बैठकले पार्टीसभापतिका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको हो । बैठकमा संसदीय दलको निर्वाचनदेखि सत्ता बहिर्गमनसम्मको घटनामा नेताहरुले आ–आफना दृष्टिकोणहरू राख्नुभएको थियो । बैठकले गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गरेको छ ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले कांग्रेसले सबै अवसर गुमाउने घटना दुःखद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखिएको टिप्पणी गर्नुभयो । अरुको कुनै कुरा नसुनी एकतर्फी निर्णय गर्ने नेतृत्वको शैली पछिल्लो राजनीतिक घटनाक्रमको जिम्मेवार भएको बैठकको निष्कर्ष छ । नेतृत्वमा वृहत् राजनीति परिवेशलाई सोच्ने र सम्बोधन गर्ने क्षमता नदिएको इतर पक्षको ठहर छ ।

गठबन्धन भत्किनुको जिम्मेवारी संकीर्ण र सीमित घेरामा रहेकाहरुले लिनुपर्ने निष्कर्ष रहेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताउनुभयो । आगामी दिनमा कांग्रेसलाई जीवन्त बनाएर जागृत बनाउनुपर्ने बैठकको निष्कर्ष छ । पाँच दलीय गठबन्धन टुटेर सत्ता समीकरण फेरीएसँगै संस्थापन र इतर समूहबीच एक-आपसमा घोचपेच चलिरहेको छ । इतरसमूहले देउवाको राजीनामा माग्ने सम्मको तयारी गरेको छ ।

सोही बैठकमा उपसभापति धनराज गुरुङ, डा. शेखर कोइराला, महामन्त्री गगन थापा, डा.मिनेन्द्र रिजाल र अर्जुननरसिंह केसी लगायतका नेता सहभागी भएका थिए ।

बुधबार, १३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !