Trending
नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी हुने भएको हो ।
मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटनु भएको थियो। सो भेटमा सरकारमा सहभागी हुने बिषयमा छलफल भएको थियो ।
यस्तै बुधबार बिहानैदेखि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको छ भने, अहिले खुमलटारस्थित प्रचण्ड निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच वार्ता भएको थियो ।
उक्त वार्तालाई निर्णायक हुने आंकलन गरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्ने बिषयमा नेकपा एकीकृत सकारात्मक देखिएको छ ।
एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएर सत्ता गठबन्धनलाई अझ बलियो बनाउन एमाले अध्यक्ष ओली सहमत भएको बताइएको छ ।