Trending
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको छ ।
दुई शीर्ष नेताबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको र सरकारका काम कारबाहीलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
यसैगरी, बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकका लागि एजेण्ड तय भएको पनि उहाँले बताउनुभयो ।
सरकारलाई पूर्णता दिने विषयमा बुधबार नै नयाँ वानेश्वरमा सत्ता साझेदार दलहरुको बैठक छ । त्यसअघि प्रचण्ड र ओलीले छलफल गरेकाले मन्त्री भागवण्डाका विषयमा पनि छलफल भएको हुन सक्ने नेताहरुले बताएका छन् ।