Trending
जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
यसअघि दलको नेताका लागि सांसद अशोक राई र राज किशोर यादवले पनि दाव गर्नुभएको थियो ।
कुल १२ सांसद रहेको जसपामा निर्वाचनबाट नेता छान्नुको सट्टा सर्वसम्मत चयन गर्न सांसदहरूबिच सहमति भएपछि यादव निर्विरोध हुनुभएको हो ।
सांसद यादव बारा क्षेत्र नं। २ बाट नेकपा एमालेको समर्थनमा निर्वाचित हुनुभएको हो ।