Trending
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ललितपुरस्थित खुमलटारमा जारी भेटमा मन्त्रिमण्डल विस्तार, प्रदेश सरकार गठन सत्ता साझेदार दलमा अन्य दललाई समेत सहभागी गराउने विषयका छलफल केन्द्रित छ ।
भेटमा दुई अध्यक्षबीच जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा समेत छलफल भइरहेको छ ।
यसअघि, आजै प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता भएको थियो ।भेटवार्तामा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
एमाले अध्यक्ष ओलीसमेत एकीकृत समाजवादी र जसपा पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने पक्षमा देखिएपछि नेताहरुबीच भेटवार्ता भइरहेका छन् ।