बागलुङका तीन स्थानीय तहमा दश वटा झोलुङ्गे पुल थपिएका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा ढोरपाटन नगरपालिकाकामा तीन, बरेङ गाउँपालिकामा दुई, ताराखोला गाउँपालिकामा पाँच गरी दश वटा पुल निर्माण गरिएको हो ।

गत वर्ष निर्माण सम्पन्न गर्ने गरी कुल ३३ वटा पुलको सर्भे गरिएको थियो । सर्भे गरिएको ३३ वटामध्ये १० वटा सम्पन्न भएको र अन्य निर्माणाधीन स्थानीय व्यवस्थापन संस्था बीवाईसी बागलुङका झोलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिनुभयो ।

ढोरपाटन नगरपालिका–२ सिमलचौर घाट, ढोरपाटन नगरपालिका–७ का पँधेरीघाट र ढोरपाटन नगरपालिका–९ को रासीबाङ्ग घाट, बरेङ गाउँपालिका–२ को काउलाघाट, बरेङ गाउँपालिका–१ को दोभानखोला घाट , ताराखोला गाँउपालिका – २ को दोभानघाट , ताराखोला–३ को निस्दीखोला घाट, ताराखोला–३ को सादीघाट, ताराखोला–४ को दोगाडी घाट र ताराखोला–५ को मैन पकाउने घाट खोलामा पुल निर्माण गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छ । नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौता अनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाइ ९टीबीएसयु० र पीटीएपी पोखराले प्राविधिक सहयोग गर्दै आएको छ ।

टीबीएसयुले पुलको लठ्ठा, फलामै सामग्रीको व्यवस्थापन र वितरणमा स्थानीय तहसँग समन्वय गरेर काम गर्छ । कार्यक्रम संयोजक केसीका अनुसार १२० मिटरसम्मका पुल उपभोक्ता समिति र त्यसभन्दा लामा पुल निर्माण व्यवसायीमार्फत बनाउने गर्छ ।

सङ्घीय सरकारले पुल निर्माणको लागि सशर्त बजेट उपलब्ध गराउँछ । कुल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र २ प्रतिशत जनश्रमदानको प्रावधान रहेको केसीले जानकारी दिनुभयो ।

जिल्लामा पुल रणनीति २०६२ अनुसार पुल निर्माणको काम भइरहेको छ । विस २०७६ भदौसम्म जिल्लाभर ४५३ वटा पुल छन । चालु आर्थिक वर्षमा २५ वटा पुल निर्माण गरिने कार्यक्रम संयोजक केसीको भनाइ छ । सबै पुलको गत सर्भे गरिएको थियो ।

बागलुङ नगरपालिकामा दुई, काठेखोला गाउँपालिकामा तीन, ताराखोला गाउँपालिकामा तीन, निसीखोला गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा सात र जैमिनी नगरपालिकामा पाँच वटा पुल निर्माण हुनेछन् ।

 

मङ्लबार, १२ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे