Trending
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिनु भएको छ ।
सोमबार एक ट्वीटमार्फत प्रधानमन्त्री शरिफले प्रचण्डलाई बधाई दिनु भएको हो ।
उहाले लेख्नु भएको छ, ‘नेपालको प्रधानमन्त्री हुनु भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ, क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ, यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु ।’
यसअघि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मुलुक चीन र भारतले बधाई दिइसकेका छन् ।
नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले पनि प्रचण्डलाई बधाई दिनु भएको छ ।
आइतबार एमालेसहितका दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनु भएको छ ।