नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई शीतल निवासमा शपथग्रहण गराउनुभएको हो ।

आज नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको छ ।

अध्यक्ष दाहाल आइतबार नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा ९एमाले०को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।

सोमवार, ११ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा