Trending
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।
सत्तारुढ गठबन्धनमा भएको छलफलमा लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउने सहमति भएको हो ।
उक्त सहमति पश्चात लामिछाने शपथ ग्रहणको तयारीमा जुटेका छन् ।
२० सिटसहित संसदको चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा सहभागी हुन लागेको हो ।