Trending
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेताहरुको छलफल जारी छ ।
अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगााँइले अध्यक्ष ओलीसँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई छलफलमा हुनुहुन्छ ।
उहाँहरुबीच सरकार गठनलगायतका विषयमा छलफल भएको हो । नयाँ सरकार गठनका लागि चार दलले राष्ट्रपतिसमक्ष दाबी गर्ने तयारी गरेका छन्।
राष्ट्रपतिद्वारा सरकार गठनका लागि आव्हान गरिएको समयसीमा आज साँझ सकिँदैछ ।