Trending
नेकपा माओवादी केन्द्र सत्ता गठबन्धनबाट बाहिरिएको छ। आइतबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सरकारको नेतृत्व गर्ने माओवादी केन्द्रले दाबी गरेपनि नपाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको हो।
सहमति नजुट्दा सत्ता गठबन्धन विघटन भएको हो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार प्रचण्डका कारण गठबन्धन नजोगिएको दाबी गर्नुभयो । उहाले भन्नुभन्नुभयो ‘-प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो । अब गठबन्धन टुट्यो, हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो ।’
आज बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भनिएपनि बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु थप रणनीति बनाउन आन्तरिक छलफलमा जुटेपछि बैठक बस्न ढिलाई भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टु वान वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। तर बैठकमा बैठक सहमति जुट्न नसकेको हो।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोक्नु भएको छ । बहुमत पुर्याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वानगर्नुभएको हो। तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन । कांग्रेस र माओवादी दुवैले नेकपा एमालेलाई देखाएर वार्गेनिङ गर्दै गठबन्धन छाड्ने ‘धम्की’ दिँदै आएका छन्। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गर्दै आएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु प्रधानमन्त्री नहुने देखिएपछि माओवादीले गठबन्धनबाट बाहिरिने निष्कर्षसहितको सन्देश शनिबार नै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पुर्याएका थिए।