सिंहदरबारभित्र रहेको पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माण गरिने भएको छ । इतिहास बोकेको उक्त भवन पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले चासो देखाएपछि सो भवन पुनर्निर्माण हुने भएको हो ।

कार्यालयले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै पुनर्निर्माणका लागि नाँपजाँच गर्न भवनभित्र रहेका पुराना ऐतिहासिक सामान हटाउन आग्रह गरेको छ । त्यहाँ रहेका पुराना ऐतिहासिक सामानहरू नहटाउँदासम्म नापजाँच गर्न नमिल्ने भएकाले व्यवस्थापन गरिदिन आग्रह गरेको छ ।

मुलुककै पहिलो संविधानको रूपमा लिइने ‘नेपाल सरकार स् वैधानिक कानुन’ २००४ पनि तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले यही भवनमै घोषणा गर्नुभएको थियो । तर यो संविधान कार्यान्वयनमा आउन भने सकेन । यही संसद् भवनमा भारदारी सभा पनि बसेको थियो ।

त्यसपछि संविधान सभाको पहिलो निर्वाचनसम्मका सबै संसद् बैठक यही भवनमा बसेको थियो । संविधान सभामा ६०१ सांसद भएपछि ठाउँ साँघुरो भएका कारण २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्न थालेको हो । हालसम्म पनि सङ्घीय संसद् बैठक बानेश्वरमै बस्दैआएको छ ।

२०७२ सालको भूकम्पका कारण क्षति पुगेपछि उक्त पुरातात्त्विक भवन प्रयोगविहीन भएको थियो । भवनको पुनर्निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न विशेष भवन निर्माण आयोजना समन्वय समितिले सङ्घीय संसद् सचिवालयलाई अनुरोध गरेको हो ।

 

शनिबार, ९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा