नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलो गर्दै जानुभएकाले उहाँको प्रधानमन्त्री हुने चाहना पूरा नहुने दावी गर्नुभएको छ ।

एमाले प्यूठान–काठमाडौं सम्पर्क मञ्चको शनिबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकार गठनको कसरत चलिरहँदा प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दौडधुप गरिरहनुभएका बेला अध्यक्ष ओलीको यो पछिल्लो भनाइ आएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो देखिन्छ ।” उहाँको प्रधानमन्त्री हुने इच्छा समयले नै समाप्त पारिदिएको छ ओलीले भन्नुभयो । अरुले पनि समयमा कदम नचाले देश फेरि मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावनामा जाने उहाँको बुझाइ छ ।

“समयमा काम नगरिए समयले नै उपलब्धी समाप्त पार्छ” अध्यक्ष ओलीले भन्नुभयो, “तपाइँले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैं झेरर जान्छ ।” अध्यक्ष दाहालले समयमा कदम नचालेको उहाँको टिप्पणी छ । स्वार्थका टकरावका कारण समयमै सरकार बन्न नसकिरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको आरोप लगाउनुभयो ।

शनिबार, ९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा